पाेखरा महानगरकाे मेयरमा एकीकृत समाजवादी २ हजार ४५० मतले अगाडि

 जेठ ५, २०७९ बिहिबार १३:५९:७ | सागर राज तिमिल्सिना
unn.prixa.net

कास्की - पोखरा महानगरपालिकाकाे मेयरमा नेकपा एकीकृत समाजवादीले फराकिलाे अग्रता बनाउँदै लगेकाे छ ।

५२ हजार २ सय १७ मत गनिसक्दा एकीकृत समाजवादीका धनराज आचार्यले २१ हजार ८ सय ३८ मत प्राप्त गर्नु भएको छ । उहाँका प्रतिस्पर्धी एमालेका उम्मेदवार कृष्णबहादुर थापाले १९ हजार ३ सय ८८  मत ल्याउनु भएको छ । यस्तै, राप्रपाका उम्मेदवार शंकर खरालले २ हजार १८६ मत र स्वतन्त्र उम्मेदवार गनेश पाैडेलले १ हजार १८३ मत प्राप्त गर्नुभएकाे छ ।

पाेखराकाे उपमेयरमा भने एमाले अगाडि छ ।  एमालेकी मञ्जु गुरुङले २२ हजार १३१ मत पाउँदा  नेपाली कांग्रेसकी कोपिला रानाभाटले २२ हजार १ सय २२ मत पाउनु भएको छ । उहाँबीच कडा प्रतिस्पर्धा भइरहेकाे छ ।

पोखरामा १२ वटा वडाको मतगणना सकिसकेको छ । जसमा वडा नम्बर २, ३, ४, १२, १३, २३, २४, २५, २६ नेपाली कांग्रेसले विजय हासिल गरेको छ भने वडा नम्बर १, ५ र ६ मा नेकपा एमालले जितेको छ । अहिले पोखरा ७, ८, ९, १४, २०, २७, २८ र २९ मा मतगणना भइरहेको छ ।

अन्तिम अपडेट: बैशाख ९, २०८१

सागर राज तिमिल्सिना

कास्कीमा रहेर पत्रकारिता गर्ने सागर उज्यालाेका जिल्ला सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया