बझाङमा ५० प्रतिशत हाराहारीमा मतदान
बैशाख १५, २०८१ शनिबार
रुपन्देही – पालिका चुनाव अन्तर्गत बुटवल उपमहानगरपालिकाको मेयरमा गठबन्धनबाट नेपाली कांग्रेसकाे अग्रता कायमै छ । कांग्रेसका उम्मेदवार खेलराज पाण्डेयले पाँच हजार चार सय ८३ मतकाे अग्रता लिइरहनुभएकाे छ ।
पाण्डेयले २० हजार एक सय ९० मत प्राप्त गर्नुभएकाे छ । उहाँका प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार बाबुराम भट्टराईले १४ हजार सात सय सात मत प्राप्त गर्नुभएको छ । यस्तै राप्रपाका मृगेन्द्रकुमार शेरचनले तीन हजार एक सय ६८ मत प्राप्त गर्नुभएकाे छ ।
यस्तै उपमेयरमा भने एमालेकी सावित्रा देवी अर्यालले अग्रता लिइरहनुभएकाे छ । उहाँले अहिलेसम्म १६ हजार ८८ मत प्राप्त गर्नुभएकाे छ । गठबन्धनबाट एकीकृत समाजवादीका चीनबहादुर गुरुङले ११ हजार ६ सय २०मत प्राप्त गर्नुभएकाे छ ।
रुपन्देहीका उज्यालो सहकर्मी भवानीप्रसाद पाण्डे बुटवल एफएममा पनि काम गर्नुहुन्छ ।