एमाले उपाध्यक्ष विष्णु पौडेलको वडामा एमाले पराजित, कांग्रेस विजयी

 जेठ ६, २०७९ शुक्रबार ८:५६:५५ | भवानीप्रसाद पाण्डे
unn.prixa.net

रुपन्देही - एमाले उपाध्यक्ष बिष्णु पौडेलले मतदान गरेको बुटवल-८ मा कांग्रेसले वडाध्यक्ष जितेको छ ।

पूर्व नगर अध्यक्ष समेत रहेका एमालेका ज्ञानप्रसाद अर्याललाई हराउँदै कांग्रेसका यज्ञप्रसाद पङ्गेनी वडाध्यक्षमा विजयी हुनुभएको हो ।

पङ्गेनीले १ हजार ५ सय ३९ मत प्राप्त गर्दा अर्यालले १ हजार ५ सय ८ मत प्राप्त गर्नु भएको छ ।

पूर्वमन्त्री समेत रहेका उपाध्यक्ष पौडेलको घर बुटवल ८ मै छ ।

बुटवलका १९ वडामध्ये १७ वडाको नतिजा आएको छ । ती मध्ये एमालेले ४ वटा वडा मात्रै जितेको छ ।

गएको स्थानीय चुनावमा १६ वटा वडामा एमाले विजयी भएको थियो । बुटवलको सबैभन्दा धेरै १० हजार बढी मत खसेको वडा नम्बर ११ को मतगणना सुरु हुँदैछ ।   
 

अन्तिम अपडेट: बैशाख १५, २०८१

भवानीप्रसाद पाण्डे

रुपन्देहीका उज्यालो सहकर्मी भवानीप्रसाद पाण्डे बुटवल एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया