रुपन्देहीको रोहिणी खोलामा रात्रिबस दुर्घटना : ९ जनाको ज्यान गयो, २३ जना घाइते

 जेठ २२, २०७९ आइतबार ७:१६:३४ | भवानीप्रसाद पाण्डे
unn.prixa.net

रुपन्देही - रुपन्देहीको रोहिणी खोलामा रात्रिबस दुर्घटना हुँदा ९ जनाको ज्यान गएको छ । अरु २३ जना यात्रु घाइते भएका छन् ।

जनकपुरबाट भैरहवाका लागि छुटेको बस भैरहवा–परासी हुलाकी राजमार्ग खण्ड रोहिणी पुलबाट खोलामा खसेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

लु २ ख ३८४१ नम्बरको बस बिहान दुर्घटना भएको छ । घाइतेहरुकाे भीम अस्पताल र भैरहवा मेडिकल कलेजमा उपचार भइरहेको छ । 
 

अन्तिम अपडेट: बैशाख १५, २०८१

भवानीप्रसाद पाण्डे

रुपन्देहीका उज्यालो सहकर्मी भवानीप्रसाद पाण्डे बुटवल एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया