रुपन्देही बस दुर्घटना : ज्यान गुमाएकामध्ये ८ जनाकाे परिचय खुल्याे

 जेठ २२, २०७९ आइतबार २०:३४:५३ | भवानीप्रसाद पाण्डे
unn.prixa.net

रुपन्देही – रुपन्देहीमा भएको बस दुर्घटनामा ज्यान गुमाएका नाैमध्ये आठ जनाकाे परिचय खुलेकाे छ । 

दुर्घटनामा तिलोत्तमा नगरपालिका २ योगीकुटीका विष्णु पौडेल, रौतहट चन्द्रनिगाहापुर बस्ने दिनेश दास, बुटवल उपमहानगरपालिका ११ का कृष्णप्रसाद बस्याल, रुपन्देहीको ओमसतियाका राजेन्द्र पाण्डे र तिलोत्तमा ८ की तुलसी बस्यालको ज्यान गएको हो । यस्तै भारतीय नागरिकहरू अरविन्द शर्मा र नागेन्द्र शर्मा र सञ्जय गुप्ताकाे ज्यान गएकाे हाे । एक जनाको परिचय खुल्न बाँकी छ । 

दुर्घटनामा घाइते भएका २३ जनाको मेडिकल कलेज र भीम अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । उनीहरूकाे अवस्था सुधारिँदै गएकाे छ ।  

जनकपुरबाट भैरहवाका लागि छुटेकाे लु २ ख ३८४१ नम्बरकाे बस बिहान भैरहवा–परासी सडक खण्डअन्तर्गत राेहिणी गाउँपालिका ३ र ओमसतिया गाउँपालिका ४ काे सीमानामा रहेकाे पुलबाट राेहिणी नदीमा खसेकाे थियाे । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

भवानीप्रसाद पाण्डे

रुपन्देहीका उज्यालो सहकर्मी भवानीप्रसाद पाण्डे बुटवल एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया