'चेक बाउन्स' मुद्दामा ४ दिन कैद सजाय र १३ लाख जरिबाना ताेकिएपछि फरार रहेका एक जना पक्राउ

 साउन ११, २०७९ बुधबार १२:१८:२६ | भवानीप्रसाद पाण्डे
unn.prixa.net

रुपन्देही – बैंकिङ्ग कसुर मुद्दामा फरार रहेका एक जनालाई प्रहरीले रुपन्देहीमा पक्राउ गरेको छ । बुटवल-११ घर भइ काठमाण्डौको टोखा १६ मा बस्ने ३४ वर्षीय कृष्णबहादुर शाहीलाई सैनामैनाको दुधराक्षबाट प्रहरीले पक्राउ गरेको हो ।

एनसीसी बैङ्कको काठमाण्डौ शाखामा रहेको खातामा पर्याप्त मौज्दात नरहेको बेला जानीजानी चेक काटेर दिएकाे कसुरमा पाटन अदालतले २०७७ जेठ २६ गते शाही विरुद्ध ४ दिन कैद सजाय र १३ लाख २० हजार रुपैयाँ जरिबाना फैसला गरेपछि शाही फरार रहेका थिए ।  

अन्तिम अपडेट: बैशाख १३, २०८१

भवानीप्रसाद पाण्डे

रुपन्देहीका उज्यालो सहकर्मी भवानीप्रसाद पाण्डे बुटवल एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया