स्राेत नखुलेको २४ लाख रुपैयाँसहित बुटवलमा एक जना पक्राउ

 भदौ १४, २०७९ मंगलबार ९:२६:७ | भवानीप्रसाद पाण्डे
unn.prixa.net

रुपन्देही  - रुपन्देही प्रहरीले स्राेत नखुलेको २४ लाख ५० हजार रुपैयाँसहित एकजनालाई पक्राउ गरेको छ ।

सिद्धार्थनगर नगरपालिका–१ वाइपासबाट प्रहरीले रकमसहित बुटवल–८ सुक्खानगरका सन्दीप शाक्यलाई पक्राउ गरेको हो ।

गोप्य सूचनाको आधारमा शाक्यले बोकेको कालो रङ्गको झोलाबाट स्राेत नखुलेको रकम बरामद भएको रुपन्देहीका प्रहरी प्रवक्ता श्यामु अर्यालले जानकारी दिनुभयो ।  
 

अन्तिम अपडेट: बैशाख १४, २०८१

भवानीप्रसाद पाण्डे

रुपन्देहीका उज्यालो सहकर्मी भवानीप्रसाद पाण्डे बुटवल एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया