चीनले शिन्जियाङ्ग क्षेत्रमा मानवताविरुद्धको अपराध गरेको हुनसक्ने संयुक्त राष्ट्रसङ्घको आरोप

 भदौ १६, २०७९ बिहिबार ११:२८:३१ | एजेन्सी
unn.prixa.net

चीनको शिन्जियाङ्ग क्षेत्रमा मानवताविरुद्धको अपराध गरेको हुनसक्ने संयुक्त राष्ट्रसङ्घको एक प्रतिवेदन सार्वजनिक भएको छ । प्रतिवेदनमा उइगर मुस्लिम समुदायविरुद्ध त्यहाँका बन्दी शिविरहरूमा यातना तथा यौन दुर्व्यवहार गरिएका विवरण तथ्यपरक भएको उल्लेख छ ।

संयुक्त राष्ट्रसङ्घले चीनलाई शिन्जियाङ्गमा बन्दी शिविरमा रहेका सबैलाई रिहा गरेर अन्तर्राष्ट्रिय कानुनको पालना गर्न समेत आग्रह गरेको छ । चीनको महिनौँ लामो दबाव र मिशेल ब्याचलेटको राष्ट्रसङ्घीय मानवअधिकार उच्चायुक्तको कार्यकाल सकिनु केही मिनेट अगाडि यो प्रतिवेदन सार्वजनिक गरिएको बीबीसीले जनाएको छ ।

दश लाखभन्दा धेरै उइगर तथा अन्य अल्पसङ्ख्यक समुदायका सदस्यलाई शिन्जियाङ्गमा बन्दी बनाइएको आरोपबारे चीनले अस्वीकार गर्दै आएको छ । तर अध्ययन प्रतिवेदनमा बन्दीहरूलाई शृङ्खलाबद्ध दुर्व्यवहार गरिएको, यौन तथा लैङ्गिक हिंसाका घटना भएकालगायत उल्लेख छ । राष्ट्रसङ्घले चीनलाई जथाभावी थुनामा राखिएका सबै बन्दीहरूको रिहा गर्न तत्काल कदम चाल्न सुझाव दिएको छ ।
 

अन्तिम अपडेट: बैशाख २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया