धादिङ दुर्घटनामा थप एक जनाकाे ज्यान गयाे, दुवै मृतककाे परिचय खुल्याे

 असोज १५, २०७९ शनिबार १५:५६:१२ | सिताराम अधिकारी
unn.prixa.net

धादिङ – धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर १० हनुमानडाँडा नजिकै शनिवार दिउँसो ट्रक दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । ७ जना घाइते भएका छन् । 

कपिलबस्तुबाट सल्यानटारका लागि छुटेकाे ना ४ ख ८०४१ नम्बरको ट्रक धादिङबेसीमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक श्यामबहादुर खत्रीले बताउनुभयो । 

दुर्घटनामा अहिलेसम्म दुई जनाकाे ज्यान गएको छ भने दुवै मृतकको परिचय खुलेकाे छ । सल्यानटारमा असोज २८ गतेदेखि हुने महोत्सवमा स्टलको सामान लिएर जाँदै गरेको ट्रक मोडमा पल्टेको प्रत्यक्षदर्शी मनिस तामाङले बताउनुभयो । 

घाइतेको उद्धार गरी उपचारका लागि धादिङ अस्पताल पठाइएको प्रहरीले जनाएकाे छ ।  

अन्तिम अपडेट: बैशाख १५, २०८१

सिताराम अधिकारी

धादिङका पत्रकार सिताराम अधिकारी उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया