चीनमा ८३ मिटरभन्दा अग्लो रुख

 असोज २४, २०७९ सोमबार १३:३६:२७ | एजेन्सी
unn.prixa.net

तस्बिर : साउथ चाइन मर्निङ पाेस्टबाट

चीनमा रहेका मध्ये ८३ दशमलव ४ मिटर अग्लो रुख नै सबैभन्दा अग्लो रुख भएको दाबी गरिएको छ । अनुसन्धानकर्ताहरूको वैज्ञानिक एक अनुसन्धानले देशभरकै सबैभन्दा अग्लो रुखसम्बन्धी विवरण हिजाे आइतवार सार्वजनिक गरेको हो । 

शाङ्घाई चेन्शन बोटानिकल गार्डेनले देशभरि रहेका रुखहरूमध्ये त्यही रुख नै सबैभन्दा अग्लो देखिएको जनाएको छ । कीर्तिमानी त्याे सबैभन्दा अग्लो रुखको नाम 'अबिज एर्नेस्ती वर सालौएनेन्सिस' राखिएको छ ।  

चीनको दक्षिण–पश्चिमी क्षेत्रमा पर्ने पहाडी भू–भाग तिब्बत स्वशासित क्षेत्रमा त्याे रुख रहेको जनाइएको छ । यो सबैभन्दा अग्लो रुखको पहिचान पहिलो पटक गएकाे मे महिनामा गरिएको थियो । चिनियाँ विज्ञान प्रतिष्ठान अन्तर्गतको इन्स्टिच्युड अफ बोट्नीले सुरुमा त्यसको पहिचान गरेको हो । त्यही रुख नै देशभरिको सबैभन्दा अग्लो रुख हो भन्ने कुराको दोस्रो पटक गएकाे अगस्टमा पुष्टि गरिएको थियो । 

सबैभन्दा अग्लो रुख पहिचान गर्न ड्रोनको प्रयोग गरिएको थियो । त्यस रुखको मोटाइ भने दुई सय सात सेन्टिमिटर रहेको छ । यो रुख तीन सय ८० वर्ष पुरानो भएको पनि दाबी गरिएको छ ।

अन्तिम अपडेट: बैशाख ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया