दाङमा खाल्डाखुल्डी पुर्दै प्रहरी (फोटो–भिडियाेसहित)

 असोज २८, २०७९ शुक्रबार २०:५:२० | हेमराज शर्मा
unn.prixa.net

दाङ – दाङकाे घोराही उपमहानगरपालिकाको मुख्य सडकमा परेका खाल्डाखुल्डी आज शुक्रवारदेखि प्रहरीले पुर्न सुरु गरेको छ ।

घोराहीको तुलसीपुर चोकदेखि दिपशीखा चोक जिल्ला प्रशासन कार्यालयसम्मको सडक जिल्ला प्रहरी कार्यालयले खाल्डाखुल्डी पुर्ने र मर्मत गर्ने तयारी गरेको छ । 

प्रहरीसँगै घोराही उपमहानगरपालिका १० का जनप्रतिनिधि पनि खाल्डाखुल्डी पुर्ने काममा लागेका छन् । मुख्य र व्यस्त सडक भए पनि उपमहानगरपालिका र सडक डिभिजन कार्यालयले खाल्डाखुल्डी पुर्नेतर्फ ध्यान नदिँदा स्थानीयवासीले दुःख पाएका थिए । 

तस्बिर/भिडियाे : हेमराज शर्मा

अन्तिम अपडेट: बैशाख १३, २०८१

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया