दाङमा एउटै खाडलमा गाडिएको अवस्थामा दुई जनाको शव फेला

 असोज ३०, २०७९ आइतबार १६:३२:३० | हेमराज शर्मा
unn.prixa.net

प्रतीकात्मक तस्बिर

दाङ – दाङको तुलसीपुरमा एउटै खाडलमा गाडिएको अवस्थामा दुई जनाको शव फेला परेको छ ।

तुलसीपुर १३ दमारगाँउ निवासी १५ वर्षीय शरद आचार्य र वर्ष १५ कै रोशनी महतराको शव आइतवार तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १३ दमारगाउँको जंगलमा एउटै खाडलमा गाडिएको अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायव उपरीक्षक पुष्पराज मल्लले जानकारी दिनु भएकाे हाे ।

शव सुन्निएको अवस्थामा रहेकाले शरिरको कुनै/कुनै भागमा मात्रै चोट लागेको जस्तो देखिएको प्रहरीले जनाएको छ । मृतक आचार्य र महतरा असोज २८ गतेदेखि सम्पर्क विहीन थिए ।

असोज २९ गते परिवारले उनीहरु हराएको भनी प्रहरीमा खबर गरेका थिए । स्थानीयले जंगलमा गाडिएको अवस्थामा शव देखे पछि आइतवार प्रहरीलाई खबर गरेका थिए । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया