पाेखरीमा डुबेर दाङमा १ जनाकाे ज्यान गयाे

 कात्तिक ४, २०७९ शुक्रबार १४:३५:८ | हेमराज शर्मा
unn.prixa.net

प्रतीकात्मक तस्बिर

दाङ – माछा पोखरीमा डुबेर दाङको तुलसीपुरमा आज शुक्रवार एक जनाको ज्यान गएको छ । 

आज बिहान माछा पाेखरीमा डुबेर तुलसीपुर उपमहानगरपालिका १७ का ३५ वर्षीय कमल चौधरीको ज्यान गएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । प्रहरीका अनुसार आफ्नै खेतमा रहेको माछा पोखरीमा डुबेर चाैधरीकाे ज्यान गएको हाे । 

साथै चाैधरीलाई छारे रोगसमेत रहेको अनुमान गरिएको प्रहरीको भनाइ छ । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया