दाङमा बेपत्ता दुई युवती मृत अवस्थामा फेला

 कात्तिक ६, २०७९ आइतबार १८:३८:८ | हेमराज शर्मा
unn.prixa.net

दाङ – दाङको बबई नदीमा नुहाउन गएका बेला हिजो दिउँसो बेपत्ता भएका दुई किशोरी आज बेलुकी मृत अवस्थामा फेला परेका छन् ।

घटना भएको दंगीशरण गाँउपालिका वडा नम्बर २ का वडा अध्यक्ष डम्बर खत्रीका अनुसार उनीहरुको शव स्थानीयले आज आइतवार बेलुकी फेला पारेका हुन् ।

डुबेको ठाउँदेखि झन्डै डेढ किलोमिटरको दूरीमा करिब १० मिटर गहिराइमा दुई जनाको शव एकै ठाँउमा घोप्टो परेको अवस्थामा फेला परेको वडा अध्यक्ष खत्रीले जानकारी दिनुभएको छ ।

दुवैजना नुहाउने क्रममा शनिवार दिउसो डुबेर बेपत्ता भएका थिए ।
 

अन्तिम अपडेट: बैशाख १३, २०८१

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया