बबई नदीमा डुबेर १ जनाकाे ज्यान गयाे

 कात्तिक ११, २०७९ शुक्रबार १९:१:४६ | हेमराज शर्मा
unn.prixa.net

बबई नदी, फाइल फाेटाे

दाङ – दाङमा बबई नदीमा डुबेर एक जनाकाे ज्यान गएको छ । बबई नदी तर्ने क्रममा डुबेर तुलसीपुर उपमहानगरपालिका–१४ मटेराका ६० वर्षीय बुद्धिराम अधिकारीको ज्यान गएको तुलसीपुर १४ का वडाध्यक्ष शंकर खड्काले जानकारी दिनुभयो ।

आज शुक्रवार बिहान भोजपुर स्कुलबाट डुरुवा जानका लागि बबई नदी तर्ने क्रमममा डुबेर अधिकारीको ज्यान गएको हाे । मृतकको शवलाई पोस्टमार्टमका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा राखिएको छ ।

अन्तिम अपडेट: बैशाख १५, २०८१

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया