बदर मत घटाउन प्रधानाध्यापकलाई मतदाता शिक्षा

 कात्तिक २२, २०७९ मंगलबार २०:२४:३२ | हेमराज शर्मा
unn.prixa.net

दाङ – दाङको तुलसीपुर उपमहानगरपालिकाले बदर मत घटाउनका लागि पालिकाभित्र रहेका प्रधानाध्यापकलाई मतदाता शिक्षा दिएको छ । 

तुलसीपुर उपमहानगरपालिकाका शिक्षा शाखाका प्रमुख चक्रबहादुर भण्डारीले पालिकाभित्र रहेको ८७ वटा सामुदायिक र ६७ वटा संस्थागत विद्यालयका प्रधानाध्यापकलाई आज मङ्गलवार मतदाता शिक्षा दिइएको बताउनुभयो ।

निर्वाचन आयोगले महिला स्वयंसेविकामार्फत मतदाता शिक्षा प्रत्येक वडामा सञ्चालनका लागि कार्यविधि नै पालिकाहरूलाई पठाएको छ । अन्य पालिकामा महिला स्वयंसेविकामार्फत मतदाता शिक्षा गाउँ–गाउँमा पुर्‍याए पनि तुलसीपुर उपमहानगरले थप प्रभावकारी बनाउनका लागि स्वयंसेविकाका साथै प्रधानाध्यापकमार्फत मतदाता शिक्षा दिइएको उपमहानगरका शिक्षा शाखा प्रमुख भण्डारीले बताउनुभयो ।

मतपत्र पट्याउँदा, स्वस्तिक छापको प्रयोग गर्दा, मतपत्रमा मतदान अधिकृतको हस्ताक्षरजस्ता सामान्य लाग्ने विषयबाटै मत बदरको सङ्ख्या बढ्दो क्रममा रहेकाले त्यसलाई हटाउन महानगरले मतदाता शिक्षा दिएकाे हाे । 

अन्तिम अपडेट: बैशाख ४, २०८१

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया