६ वर्षपछि आज पहिलो पटक चीन र अस्ट्रेलियाका राष्ट्रप्रमुखबीच भेटवार्ता हुँदै

 कात्तिक २९, २०७९ मंगलबार १५:१८:११ | एजेन्सी
unn.prixa.net

चीनका राष्ट्रपती सी जिनपिङ र अस्ट्रेलियाका प्रधानमन्त्री एन्थाेनी अल्बानीबीच आज मङ्गलवार बेलुकी भेटवार्ता हुने भएको छ । जी–२० शिखर सम्मेलनका क्रममा इन्डोनेसियमा रहेका सी र अल्बानीबीच आज भेटवार्ता हुन लागेको बीबीसीले जनाएको छ । 

सन् २०१८ देखि नै तिक्ततापूर्ण सम्बन्ध रहेका अस्ट्रेलिया र चीनका कार्यकारी प्रमुखबीच हुन लागेको भेटलाई विश्वभरबाट महत्त्वका साथ हेरिएको छ । 

यसअघि गएकाे आइतवार कम्बोडियामा भइरहेको आसियान सम्मेलनमा अस्ट्रेलियाका प्रधानमन्त्री अल्बानी र चिनियाँ प्रधानमन्त्री ली खछ्याङसँग पनि अनौपचारिक भेट भएको थियो । भेटसँगै दुई देशबीचको कुटनीतिक सम्बन्धमा थप सुधार आउने विश्लेषण गरिएकोमा आज फेरि सी र अल्बानीबीच भेट हुन लागेको हो । 

सन् २०१८ मा अस्ट्रेलिया सरकारले चिनियाँ कम्पनी हुवावेलाई अस्ट्रेलियामा फाइभ जी नेटवर्क विस्तार गर्न नदिने र वैदेशिक हस्तक्षेपसम्बन्धी कानुन पारित गरेसँगै दुई देशबीच तिक्तता सुरु भएको थियो । त्यसपछि कोरोना भाइरसको उत्पत्तिका विषयमा अनुसन्धानको सवालमा अस्ट्रेलियाले लिएको कडा अडानपछि सम्बन्ध झनै बिग्रेको थियो । कोरोना भाइरसको उत्पत्तिका विषयमा छानबिन हुनुपर्ने माग उठाएपछि रुष्ट चीनले अस्ट्रेलियासँगको अर्बाैँ डलर बराबरको व्यावसायिक सम्बन्धमा असर पर्ने गरी विभिन्न निर्णय गरेको थियो । 

चीनले अस्ट्रेलियाबाट आयात गरिने झन्डै २० अर्ब डलर बराबरको खनिज, मासु, रक्सी, जौलगायत आधा दर्जन बढी वस्तुमा कर लगाउनुका साथै रोकसमेत लगाएको थियो । त्यसयता समस्या समाधानका लागि अस्ट्रेलियाली पक्षले पहल गर्दै आएको भए पनि त्यसलाई चिनियाँ पक्षले बेवास्ता गर्दै आएको थियो ।

अन्तिम अपडेट: बैशाख २८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया