चीनका पूर्वराष्ट्रपति जियाङ चेमिनको ९६ वर्षकाे उमेरमा निधन

 मंसिर १४, २०७९ बुधबार १५:४३:५३ | एजेन्सी
unn.prixa.net

चीनका पूर्वराष्ट्रपति जियाङ चेमिनको निधन भएको छ । रक्तकोषिका र श्वेत रक्तकोषिकामा भएको अकल्पनीय उतारचढाव तथा बहुअङ्ग समस्याका कारण साङ्घाईमा आज बुधवार दिउँसाे उहाँको निधन भएको हो । 

नेता जियाङ ९६ वर्षका हुनुहुन्थ्यो । केहीबेर अघि चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) को केन्द्रीय समितिले उहाँको निधनको घोषणा गरेको हो । 

पूर्वराष्ट्रपति जियाङले सन् १९८९ देखि २००२ सम्म सीपीसीको महासचिव, त्यही वर्षदेखि सन् २००४ सम्म केन्द्रीय सैन्य आयोगको अध्यक्ष तथा सन् १९९३ देखि २००३ सम्म राष्ट्रपतिका रूपमा चीनको नेतृत्व गर्नुभएको थियो । 

उमेर र शारीरिक अस्वस्थताका कारण नेता चियाङ बितेका तीन वर्षयता सार्वजनिकस्थलमा देखिनुभएको थिएन । तीन वर्षअघि उहाँ तत्कालीन प्रधानमन्त्री ली फङको अन्त्येष्टिमा सहभागी हुनुभएको थियो ।

अन्तिम अपडेट: जेठ १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया