मलेसिया ट्रान्जिट भएर अन्य देश जानेलाई एउटा मात्र विमानस्थलको प्रयोग गर्ने गरी टिकटको व्यवस्था गर्न अनुरोध

 मंसिर २०, २०७९ मंगलबार १६:३:३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – मलेसियाको क्वालालम्पुर ट्रान्जिट भएर विभिन्न देश जाने र नेपाल फर्कनेहरूलाई एउटा मात्र विमानस्थलको प्रयोग गर्ने गरी टिकटको व्यवस्था मिलाउन अनुरोध गरिएको छ ।

अहिले क्वालालम्पुरबाट नेपाल र नेपालबाट क्वालालम्पुरका लागि सिधा उडा क्वालालम्पुर अन्तर्राष्ट्रिय विमानस्थल (केएलआइए)बाट हुने र यहाँबाट अर्को अन्तर्राष्ट्रिय विमानस्थल क्वालालम्पुर अन्तर्राष्ट्रिय विमानस्थल केएलआइए टु जान भिसा चाहिने भन्दै दूतावासले यस्तो अनुरोध गरेको हो ।

केएलआइएबाट केएलआइए टु जान परेमा मलेसियन अध्यागमन पार गर्नु पर्छ । अध्यागमन पार गर्नका लागि भिसा चाहिने दूतावासले जनाएको छ । यस्तो भिसा हवाई यात्रा गर्नु अघि नै लिइसक्नुपर्छ ।

 त्यसैले नेपालबाट मलेसियाको क्वालालम्पुरमा ट्रान्जिट हुँदै अस्ट्रेलिया, जापान लगायतका अन्य देश जाने र यी देशबाट नेपाल आउँदा सम्भव भएसम्म एउटा मात्र विमानस्थलको प्रयोग गर्न पर्ने गरी टिकटको व्यवस्था गर्दा सहज हुन्छ ।   

अन्तिम अपडेट: जेठ ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया