मध्य साेलु जलविद्युत् आयाेजनाकाे उपकरण परीक्षण सफल

 मंसिर २०, २०७९ मंगलबार २०:३८:५९ | सुवास दर्नाल
unn.prixa.net

सोलुखुम्बु – सोलुखोलामा निर्माण सम्पन्न मध्य सोलुखोला जलविद्युत् आयोजनाको उपकरण परीक्षण तथा चार्जिङ कार्य सफल भएको छ । 

हिजाे सोमवार र आज मङ्गलवार गरिएको विद्युतीय उपकरण परीक्षण तथा चार्जिङको काम सफल भएको आयोजनाले जनाएको छ । २०७७ असोजमा निर्माण सुरु भएको ९ दशमलव ५ मेगावाट क्षमताको आयोजनाले पावर हाउसदेखि खोरिया हुँदै सोलु काेरिडोरको सबस्टेशन तिङलासम्मको १३२ केभी प्रसारण लाइन परिक्षण तथा चार्जिङको काम गरेको मिड सोलु हाइड्रोपावर लिमिटेडका निर्देशक माधव मैनालीले जानकारी दिनुभयो । 

परीक्षणको काम सफल भएकाले आउँदाे बिहीवार नेपाल विद्युत् प्राधिकरणबाट आउने प्राविधिकले निरीक्षण गरेपछि बिजुली उत्पादन सुरु गर्ने आयोजनाका इलेक्ट्रिकल इन्जिनियर अनिश खड्काले बताउनुभयाे ।

मध्य सोलु खोला आयोजनाबाट उत्पादित विद्युत् १३२ केभी क्षमताको आठ किलोमिटर लामो प्रसारण लाइनमार्फत नेपाल विद्युत् प्राधिकरणको तिङ्गला सबस्टेशनमा जोडिएको छ । दुई वर्षमै निर्माण सम्पन्न भएको अयोजनाका विद्युत् गृह सोलुदुधकुण्ड नगरपालिका ६ दोर्पुमा रहेको छ । परियोजनाको निर्माण लागत झन्डै दुई अर्ब रुपैयाँ रहेको छ ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

सुवास दर्नाल

उज्यालोका सोलुखुम्बु सहकर्मी सुवास दर्नाल हिमाल एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया