चीनसँगको सीमा क्षेत्रमा उत्पन्न परिस्थितिलाई साम्य पार्ने भारतको प्रयासमा अमेरिकाकाे समर्थन

 मंसिर २९, २०७९ बिहिबार ६:१७:२४ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

अमेरिकाले चीनसँगको सीमा क्षेत्रमा उत्पन्न परिस्थितिलाई साम्य पार्ने भारतको प्रयासमा आफ्नो समर्थन रहेको जनाएको छ ।

अमेरिकी रक्षा मन्त्रालयले भारत र चीनबीच द्वन्द्व थप बढ्न नदिन तथा सिमानाको अवस्थालाई सामान्य बनाउन भारतले गरिरहेको प्रयासमा समर्थन रहेको जनाएको हो । गएको शुक्रवार चीन र भारतको सीमाक्षेत्र अरुणचल प्रदेशको तवाङ्ग र याङ्त्सेमा दुवै देशका सैनिकबीच झडप भएको थियो ।

भारत र चीन दुवैले एकअर्कालाई आफ्नो भूमिमा अतिक्रमण गरेको आरोप लगाएका छन् । भारत–चीन सीमाको वास्तविक नियन्त्रण रेखा (एलओसी) मा चीनले सैनिक उपस्थिति बढाउने तथा सैन्य पूर्वाधार निर्माण गर्नेलगायत त्यहाँ विकसित घटनाक्रमलाई पेन्टागनले नजिकबाट नियालिरहेको मन्त्रालयका प्रवक्ता ब्रिगेडियर जनरल प्याट राइडरले बताउनुभएको समाचार संस्था एएनआईले उल्लेख गरेको छ ।

बेइजिङमा मङ्गलवार भएको नियमित पत्रकार सम्मेलनमा चीनले पनि पछिल्लो पटक झडप भएको सीमा क्षेत्रको स्थिति अहिले सामान्य एवम् स्थिर रहेको जनाएको छ । संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेरेसले पनि भारत र चीनबीचको तनावलाई कम गर्न आह्वान गर्नुभएको छ ।

महासचिवका प्रवक्ता स्टेफेन डुजारिकले भारत–चीन सीमा क्षेत्रमा थप तनाव बढ्न नदिने सुनिश्चितताका लागि आह्वान गर्नुभएको खबरमा उल्लेख छ।

अन्तिम अपडेट: जेठ १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया