वर्षमान पुनकाे स्वास्थ्यमा सुधार, आज स्वदेश फर्कँदै

 पुस ५, २०७९ मंगलबार ९:१८:५८ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - उपचारका लागि चीन जानु भएका नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्त आज स्वदेश फर्कँदै हुनुहुन्छ । स्वास्थ्यमा सुधार आएपछि उहाँ नेपाल फर्कन लाग्नु भएकाे हाे । 

पुन चाइना साउथर्न एअरलाइन्सको नियमित उडानबाट गोन्झाओ हुँदै आज दिउँसाे १ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुग्नु हुनेछ । वंशाणुगत जण्डिसबाट पीडित पुनमा धपेडीका कारण रोग बल्झिएपछि गएकाे मंसिर १६ गते फलोअप उपचारका लागि चीन जानु भएकाे थियाे । 

उहाँकाे चीनकाे सेनजेनमा रहेकाे थर्ड पिपुल्स् अस्पतालमा उपचार भएको हो । पुन पत्नी पूर्वसभामुख एवं माओवादी स्थायी समिति सदस्य ओनसरी घर्तीले उ‍हाँको स्वास्थ्यमा  सुधार आएको जानकारी दिनुभयाे । 

पुनमा निन्द्रा नलाग्ने, शरीर चिलाउने, लगातार खोकी लाग्ने र खानामा अरुची तथा बान्ता हुनेजस्ता स्वास्थ्य समस्या देखिएका थिए । पुनमा भएको रोगलाई चिकित्सकीय भाषामा ‘सिग्गलर नाजार टाइप टू सिन्ड्रोम’ भनिन्छ । यसअघि गएकाे वर्ष पनि यस्तै रोगले च्यापेपछि उहाँको पहिला थाइल्याण्ड र पछि चीनमा उपचार गरिएको थियो ।

अन्तिम अपडेट: जेठ ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया