सोलुखुम्बुमा ६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेकाे आरोपमा एक जना पक्राउ

 पुस १५, २०७९ शुक्रबार २०:१६:५ | सुवास दर्नाल
unn.prixa.net

प्रतीकात्मक तस्बिर

सोलुखुम्बु - सोलुखुम्बुमा ६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा माप्यदूधकोशी गाउँपालिका-५ का २८ वर्षीय साङ्गे शेर्पा रहेका जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

सोलुदूधकुण्ड नगरपालिका-७ गार्माकी ६ वर्षीया बालिकालाई हिजाे बिहीवार करणी गरेको अरोपमा शेर्पालाई आज पक्राउ गरिएको प्रहरी निरीक्षक अनिल मिश्रले जानकारी दिनुभयाे । बालिकाको जिल्ला अस्पताल फाप्लुमा स्वास्थ्य परीक्षण गरिएको छ भने उनको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले छ ।

घटनाको विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

अन्तिम अपडेट: बैशाख १४, २०८१

सुवास दर्नाल

उज्यालोका सोलुखुम्बु सहकर्मी सुवास दर्नाल हिमाल एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया