नर्वेमा २०२२ मा बिक्री भएकामध्ये विद्युतीय कारको हिस्सा ७९ प्रतिशत, दुई वर्षपछि पेट्रोलबाट चल्ने कार हटाउने

 पुस २३, २०७९ शनिबार २०:१:१० | एजेन्सी
unn.prixa.net

साङ्केतिक तस्बिर

नर्वेमा सन् २०२२ मा बिक्री भएका कारमध्ये ७९ प्रतिशत विद्युतीय कार रहेका छन् । १० वर्षअघिसम्म कुल बिक्रीको दुई दशमलव ९ प्रतिशत मात्रै विद्युतीय कार रहेको नर्वेमा एक दशकमै विद्युतीय कारका उपभोक्ता निकै धेरै बढेका हुन् ।

नर्वे सरकारले सन् २०१७ मा विद्युतीय कारमा विभिन्न सहुलियत दिएपछि विद्युतीय कारका उपभोक्ता बढेका वर्ल्ड इकोनमोमिक फोरमले जनाएको छ । नर्वे सरकारले सन् २०२५ भित्र पेट्रोल र डिजलबाट चल्ने कारको बिक्री अन्त्य गर्ने लक्ष्यसहित विद्युतीय गाडीमा सहुलियत दिएको थियो ।

नर्वे सरकारले विद्युतीय कार खरिद र बिक्रीमा लाग्ने करमा छुट दिएको छ भने विद्युतीय कार धनीले सडक कर तिर्नु पर्दैन । यस्तै सरकारले देशभर १६ हजारभन्दा धेरै सार्वजनिक चार्जिङ स्टेसन स्थापना गरेको छ । अहिले नर्वेका सडकमा ६ लाखभन्दा धेरै विद्युतीय कार गुड्छन् ।

विश्वमा सन् २०२१ मा ६६ लाख विद्युतीय कार बिक्री भएका छन् । यो विश्वमा बिक्री भएका कारको १० प्रतिशत हो । विश्वमा बिक्री हुने विद्युतीय कारको एक चौथाइ उत्पादन चीनमा हुने गरेको छ ।

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया