रुपन्देहीमा ट्रकमा कार ठाेक्किँदा एक जनाको ज्यान गयो, दुई जना घाइते

 माघ २३, २०७९ सोमबार ८:३९:४ | भवानीप्रसाद पाण्डे
unn.prixa.net

रुपन्देही - रुपन्देहीमा गएराति राेकिराखेकाे ट्रकमा कार ठाेक्किँदा एक जनाको ज्यान गएको छ । दुई जना घाइते भएका छन् । दुर्घटनामा तनहुँको भिमाद नगरपालिका-५ का २१ वर्षीय हरिश तिवारीको ज्यान गएको प्रहरीले जनाएको छ । 

नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका १ का ३९ वर्षीय वासु घिमिरे र त्यही ठाउँका १६ वर्षीय दिपेश घिमिरे घाइते हुनुभएको छ । घाइतेको भैरहवामा रहेको युनिभर्सल मेडिकल कलेजमा उपचार भइरहेको छ ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार बुटवलबाट भैरहवाका लागि छुटेको लु २ ख ६०३८ नम्बरको बस र ग १ च ३७१३ नम्बरको कार अञ्चलपुरको सडकमा रोकिराखेको लु २ ख ६०६ नम्बरको ट्रकमा ठोक्किएपछि दुर्घटना भएको हो ।

दुर्घटनामा ज्यान गुमाएका तिवारी बसका सहचालक रहेका प्रहरीले जनाइएको छ ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

भवानीप्रसाद पाण्डे

रुपन्देहीका उज्यालो सहकर्मी भवानीप्रसाद पाण्डे बुटवल एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया