त्रिदेशीय क्रिकेट शृङ्खलामा स्कटल्यान्डसँगको खेलमा टस जितेर नेपाल बलिङ गर्दै

 फागुन ५, २०७९ शुक्रबार ८:४३:५७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - आईसीसी विश्व कप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय शृङ्खलामा नेपालले आज स्कटल्यान्डसँग खेल्दैछ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस जितेर नेपालले पहिला बलिङ रोजेको छ । स्कटल्यान्डले ब्याटिङ गर्दैछ। आजको खेलमा नेपाली टोलीमा एक परिवर्तन भएको छ ।

ललितनारायण राजवंशीको ठाउँमा गुल्सन झाले खेल्नेछन् । यो शृङ्खलाको पहिलो खेलमा नेपालले नामिबियालाई २ विकेटले तथा स्कटल्यान्डले नामिबियालाई १० विकेटले हराएको थियो । स्कटल्यान्डसँग नेपालले एक दिवसीय अन्तर्राष्ट्रियमा चार खेल खेलेकोमा एउटा मात्र जितेको छ ।

सात वटा देश सहभागी लिगको शीर्ष पाँचमा पर्न सके नेपालको एक दिवसीय मान्यता जोगिने छ, यदि शीर्ष पाँचमा पर्न नसकेमा नेपालले क्वालिफायर खेल्नुपर्नेछ । यो शृङ्खलामा नेपाल, नामिबिया र स्कटल्यान्ड रहेका छन् । शृङ्खलामा सहभागी तीन वटै टोलीले एक अर्कासँग समान २/२ खेल खेल्ने छन् ।

लिग २ को तालिकामा स्कटल्यान्ड ३३ खेलमा ४८ अङ्ककासाथ शीर्ष स्थानमा छ । नामिबिया ३२ खेलमा ३७ अङ्कका साथ तेस्रो स्थानमा छ । नेपाल २५ खेलमा २० अङ्कसहित छैटौँ स्थानमा छ । शृङ्खलामा नेपालले भोलि नामिबियासँग र आउँदो मङ्गलवार स्कटल्यान्डसँग खेल्नेछ ।

अन्तिम अपडेट: जेठ ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया