ताइवानसँग हतियारको कारोबार बन्द गर्न अमेरिकालाई चीनको आग्रह

 फागुन १९, २०७९ शुक्रबार ६:५०:४० | एजेन्सी
unn.prixa.net

चीनले अमेरिकालाई ताइवानसँग हतियारको कारोबार बन्द गर्न आग्रह गरेको छ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले अमेरिकालाई ताइवानसँग हतियार बिक्रीलगायतका कारोबार र सैन्य सम्पर्क बन्द गर्न आग्रह गर्नुभएको हो ।

अमेरिकी विदेश मन्त्रालयले अस्ति मात्रै ताइवानलाई नयाँ हतियार बिक्री गर्न अनुमति दिएको थियो । त्यसको जवाफमा चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता माओ निङले पत्रकार सम्मेलनमार्फत् ताइवान क्षेत्रमा अमेरिकी हतियार बिक्रीले एक चीन सिद्धान्तको गम्भीर उल्लङ्घन भएको बताउनुभएको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

प्रवक्ता माओ निङले यस्ता कारोबारले चीनको सार्वभौमसत्ता र सुरक्षालाई कमजोर बनाउने तथा चीन–अमेरिका सम्बन्धमा थप क्षति पुर्याउने बताउनुभएको छ । साथै उहाँले ताइवानलाई प्रयोग गर्ने अमेरिकी प्रयास थप तनावको कारण बन्न सक्ने चेतावनी पनि दिनुभएको छ ।

अन्तिम अपडेट: बैशाख २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया