विश्व कप क्रिकेट लिग–२ मा नेपालले अब तीन खेल जिते एकदिवसीय मान्यता जोगिने

 फागुन २०, २०७९ शनिबार ६:२९:१५ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - आईसीसी विश्व कप क्रिकेट लिग–२ मा नेपालले अब तीन खेल जितेमा एकदिवसीय मान्यता जोगिने भएको छ । नेपालले ५ खेल खेल्न बाँकी नै छ । तीमध्ये सबै खेल जितेमा सोझै विश्व कप छनोट खेल्न पाउनेछ भने तीन खेल जिते एकदिवसीय मान्यता कायमै रहनेछ ।

नेपालले हिजो भएको खेलमा पपुवा न्युगिनी (पीएनजी) लाई तीन विकेटले हराएको थियो । नेपाल ३१ खेलमा १४ मा जित र १५ मा हारसहित ३० अङ्कका साथ छैटौँ स्थानमा छ । नेपालले चौथो स्थानमा रहेको अमेरिकालाई पछि पार्न अब तीन खेल जित्नुपर्ने हुन्छ ।

अमेरिकाको ३६ खेलमा १६ मा जित र १७ मा हारसहित ३५ अङ्क छ । नेपालले तीन खेल जित्दा ३६ अङ्क हुनेछ । ३६ अङ्क शीर्ष पाँचमा पर्न पर्याप्त हुनेछ । नेपाललाई सोझै विश्व कप छनोट खेल्न ४० अङ्क आवश्यक छ । बाँकी सबै खेल जितेमा नामिबियालाई पछि पार्दै नेपाल विश्व कप छनोटमा पुग्नेछ।

यूएईमा भइरहेको त्रिदेशीय शृङ्खलामा नेपालले पर्सि सोमवार घरेलु टोलीसँग खेल्नेछ । त्यसपछि नेपाल, पपुवा न्युगिनी र यूएईबीच कीर्तिपुरमा लिग–२ को अन्तिम त्रिदेशीय एकदिवसीय शृङ्खला हुनेछ ।
 

अन्तिम अपडेट: बैशाख २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया