झारफुकका नाममा कुटपिट गर्दा रुपन्देहीमा बालिकाको ज्यान गयो, माता भनिने सोनिया रेश्मी पक्राउ

 फागुन २३, २०७९ मंगलबार ८:४४:१६ | भवानीप्रसाद पाण्डे
unn.prixa.net

रुपन्देही - रुपन्देहीमा झारफुकका नाममा भएको कुटपिटबाट घाइते भएकी एक बालिकाको ज्यान गएको छ ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता डीएसपी श्यामु अर्यालका अनुसार सैनामैना नगरपालिका-१० झिमझिमे बस्ने १४ वर्षीया बालिका सीता ज्ञवालीको झारफुकको क्रममा भएको कुटपिटबाट ज्यान गएको हो ।

कान दुखेर झारफुक गराउन परिवारका सदस्यले सीतालाई माता भनिने सोनिया रेश्मीकोमा लगेका थिए । तर सोनियाले झारफुक गर्ने भन्दै सीतालाई निर्मम कुटपिट गरेकी थिइन् । कुटपिटबाट घाइते भएकी सीताको अस्ति शनिवार राति ज्यान गएको र राति नै दाहसंस्कार गरिएको प्रहरीले जनाएको छ ।

कुटपिट गर्दाको भिडियो तथा दाहसंस्कार गर्न लैजाँदा र फर्किँदाको सीसीटीभी फुटेजको आधारमा सोनियालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता डीएसपी श्यामु अर्यालले बताउनुभयो । घटनाबारे थप अनुसन्धान भइरहेको छ । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

भवानीप्रसाद पाण्डे

रुपन्देहीका उज्यालो सहकर्मी भवानीप्रसाद पाण्डे बुटवल एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया