साफ १७ वर्षमुनिको महिला च्याम्पियनसिप फुटबलमा नेपालले भुटानलाई ५–० गोलले हरायो

 चैत ९, २०७९ बिहिबार ६:२३:४७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - साफ १७ वर्षमुनिको महिला च्याम्पियनसिप फुटबलमा नेपालले भुटानलाई हराएको छ । बङ्लादेशको ढाकामा हिजो भएको खेलमा नेपालले भुटानलाई ५–० गोलले हराएको हो ।

नेपालको जितमा वर्षा ओली र सेनु परियारले २–२ तथा दीपा रोकायाले एक गोल गरिन् । प्रतियोगितामा नेपालको यो दोस्रो खेल हो । नेपालले भुटानलाई हराएर २ खेलमा ३ अङ्क जोडेको छ । सोमवार भएको पहिलो खेलमा नेपाल भारतसँग ४–१ गोलले पराजित भएको थियो ।

पहिलो खेलमा भुटान बङ्लादेशसँग ८–१ गोलले पराजित भएको थियो । प्रतियोगितामा आयोजक बङ्लादेशसहित नेपाल, भारत, भुटान र रुस सहभागी छन् । अब नेपालले तेस्रो खेल आइतवार रुससँग खेल्नेछ ।

यस्तै, नेपालले अर्को हप्ताको मङ्गलवार आयोजक बङ्लादेशसँग खेल्नेछ । राउण्ड रोबिनको आधारमा हुने प्रतियोगिताको शीर्ष टोलीले उपाधि जित्नेछ ।
 

अन्तिम अपडेट: जेठ ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया