रुसी राष्ट्रपति पुटिन र चीनका रक्षामन्त्री शाङ्गफुबीच भेटवार्ता

 बैशाख ४, २०८० सोमबार ७:२०:४३ | एजेन्सी
unn.prixa.net

रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र चीनका रक्षा मन्त्री जनरल ली शाङ्गफुबीच भेटवार्ता भएको छ ।

रुसको राजधानी मस्कोमा भएको भेटवार्तामा दुई देशबीचको सम्बन्ध र सैन्य सहयोगको विषयमा छलफल भएको रोयटर्सले जनाएको छ ।

भेटमा पुटिनले सैन्य सहयोग र सूचना आदानप्रदान गर्ने बताउनु भएको छ । चीनले भने रुस र युक्रेनबीच युद्ध हुनुमा अमेरिका र नेटो जिम्मेवार रहेको जनाएको खबरमा उल्लेख छ ।

यस्तै, चीनले रुसलाई हतियार सहयोग नगर्ने पनि बताउनु भएको छ । केही समयअघि पनि रुसी राष्ट्रपति पुटिनले चिनियाँ समकक्षी सी जिनपिङसँग भेटवार्ता गर्नु भएको थियो । 
 

अन्तिम अपडेट: जेठ ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया