चीनले आफ्नो देशमा गोप्य प्रहरी चौकी स्थापना गरेको अमेरिकाको आरोप, न्युयोर्कबाट २ जना चिनियाँ पक्राउ

 बैशाख ५, २०८० मंगलबार १४:१६:१ | एजेन्सी
unn.prixa.net

अमेरिकामा गोप्य प्रहरी चौकी सञ्चालन गरेको आरोपमा न्युयोर्कबाट दुई जना चिनियाँ पक्राउ परेका छन् । अमेरिकी अभियोजनकर्ताहरूले म्यानहट्टनको चाइनाटाउन नजिकै चिनियाँ गोप्य प्रहरी चौकी सञ्चालन गरेको आरोपमा उनीहरूलाई पक्राउ गरेको बीबीसीले जनाएको छ ।

पक्राउ पर्नेहरूमा न्युयोर्कमा बस्दै आएका ६१ वर्षका लु जिआनवाङ र ५९ वर्षका चेन जिन्पिङ रहेका छन् । लु चिनियाँ न्यायिक अधिकारीहरूसँग निकट रहेको खबरमा उल्लेख छ । दोषी प्रमाणित भएमा लु र चेन दुवैलाई २५ वर्षसम्मको जेल सजाय हुनसक्ने बीबीसीले जनाएको छ । यसअघि चीनले त्यहाँ प्रहरी चौकी खडा गरेको अस्वीकार गर्दै विदेशी नागरिकका लागि सेवा केन्द्रहरू स्थापना गरेको बताएको थियो ।

अमेरिकी न्याय मन्त्रालयले ब्रोन्क्समा बस्ने लु र म्यानहट्टनका चेनले अमेरिकामा चीनको सार्वजनिक सुरक्षा मन्त्रालयको तर्फबाट पहिलो विदेशी प्रहरी चौकी स्थापना गर्न मिलेर काम गरेको आरोप लगाएको छ । चीनले यस्ता चौकीहरू बेलायत र द नेदरल्यान्ड्ससहित विश्वभर ५३ देशमा कम्तीमा एक सय वटा सञ्चालन गरेकाे बीबीसीले जनाएको छ । गएको महिना क्यानडाको सङ्घीय प्रहरीले मोन्ट्रियल–क्षेत्रका केही भागमा त्यस्ता प्रहरी चौकीमा अनुसन्धान गर्ने घोषणा गरेको थियो ।

अन्तिम अपडेट: बैशाख ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया