१५ दिनमा वैदेशिक रोजगारीमा रहेका १५२ जनाले लिए फोन गरेर स्वास्थ्य परामर्श

 बैशाख १४, २०८० बिहिबार ११:४९:२७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – गएको चैत महिनाको १५ दिनमा मात्रै १५२ जना वैदेशिक रोजगारीमा रहेका नेपालीले फोन गरेर टेलिमेडिसिन सेवा लिएका छन् ।

वैदेशिक रोजगार बोर्डले गएको चैत १५ गतेदेखि सुरु गरेको टेलिमेडिसिन सेवा लिन चैत महिनाको १५ दिनमा मात्रै एक सय ५२ नेपालीले फोन सम्पर्क गरेको वैदेशिक रोजगार बोर्डले जनाएको छ ।

टेलिमेडिसिन सेवाका लागि यो अवधिमा सबैभन्दा बढी साउदी अरेबियाबाट ४३ जनाले फोन गरेका छन् ।

साउदीपछि मलेसियाबाट ४० जनाले, यूएईबाट १३ जनाले, कतारबाट १५ जनाले, कुवेतबाट १० जनाले, बहराइनबाट २ जनाले, दक्षिण कोरियाबाट १० जनाले फोन सम्पर्क गरेका छन् । यस्तै फोन गर्नेमा रोमानिया, साइप्रस पोर्चुगल अस्ट्रेलिया, इजिप्ट, जापान लगायतका देशमा रहेका नेपालीहरू पनि रहेको बोर्डले जनाएको छ ।

फोनमा नाक, कान, घाटी, छाला सम्बन्धी रोगदेखि मानसिक स्वास्थ्य सम्बन्धी समस्या राख्नेहरूसमेत रहेका छन् भने कतिपय अपरेसन नै गर्नुपर्ने खालका समस्या राख्नेहरू पनि रहेको टेलिमेडिसिन सेवा प्रदान गर्ने मेडिकल अधिकृतको टिमले जनाएका छन् ।

यो सेवा लिन सार्वजनिक बिदाको दिन बाहेक नेपाली कार्यालय विदेशमा रहेका नेपालीहरूले ९८५१३४५७०१ र ९८५१३४५७०२ नम्बरमा भाइवर, ह्वाट्स एपा वा इमो लगायतको माध्यममार्फत सम्पर्क गरेर आफ्नो स्वास्थ्य समस्या राख्न सक्छन् ।

फोन तथा अन्य माध्यमबाट श्रमिकले राखेका समस्या सुन्न र समाधान गर्नका लागि मेडिकल अधिकृतहरू खटिएका छन् ।  

यदि मेडिकल अधिकृतहरूले नै समाधान गर्न सक्ने स्वास्थ्य समस्या भएमा उनीहरूले तत्काल सम्बोधन गर्ने र यदि थप विशेषज्ञ डाक्टरको सल्लाह आवश्यक परेमा प्रत्येक हप्ताको आइतबार र शुक्रवार विशेषज्ञ डाक्टरले नै श्रमिकको समस्या समाधानका लागि काम गर्ने बोर्डका सूचना अधिकारी राजन पौडेलले जानकारी दिनुभयो ।

वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई गन्तव्य देशमा भाषा र अन्य विविध समस्याको कारण बिमारी पर्दा सामान्य परामर्श लिन पनि समस्या भइरहेको भन्दै आफ्नै देशमा फोन गरेर आफ्नो स्वास्थ्य समस्या राख्ने व्यवस्था गरिएको बोर्डको भनाइ छ ।

अन्तिम अपडेट: जेठ २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया