चीनमा ५ दिनको बिदामा २७ करोड ४० लाख जना घुमघाममा, २१ अर्ब अमेरिकी डलरको कारोबार

 बैशाख २१, २०८० बिहिबार १४:२८:५४ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

चीनको आन्तरिक पर्यटन कोरोना महामारीअघिकै अवस्थामा फर्किएको छ । मे दिवसको अवसरमा चीनमा दिइएको पाँच दिने बिदाको अवधिमा देशभर पर्यटकीय गतिविधि थामिनसक्नु भएको बीबीसीले जनाएको छ ।

पाँच दिनको अवधिमा २७ करोड ४४ लाख जना चिनियाँ नागरिक देशका विभिन्न ठाउँमा घुमघाममा निस्किएका चीनको पर्यटन मन्त्रालयलाई उद्धृत गर्दै खबरमा उल्लेख छ । यो सङ्ख्या सन् २०१९ को तुलनामा २० प्रतिशतले धेरै हो । पर्यटकको घुमघामका कारण पाँच दिनमा २१ अर्ब अमेरिकी डलर बराबरको कारोबार भएको छ । यो अघिल्लो वर्षको तुलनामा दोब्बरले धेरै हो ।

पाँच दिनको अवधिमा देखिएको यति ठूलो पर्यटकीय चहलपहल चीनको पर्यटन क्षेत्रका लागि सफलताको मुख्य विन्दु हुने चाइना टुरिज्म एकेडेमीका दाइ बिनले बताउनुभएको छ ।

चीनले पर्यटकीय गतिविधि खुला गरेपछि आन्तरिक मात्रै नभई बाह्य पर्यटकको सङ्ख्या पनि उत्साहपूर्ण रहेको छ । यो पाँच दिनको बिदामा १२ लाख जना चिनियाँ नागरिकले विदेशमा घुमघाम गरेका पनि खबरमा उल्लेख छ ।

अन्तिम अपडेट: जेठ ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • Dipak Barakoti

    May 4, 2023, 4:49 p.m.

    Please correct your heading or content due to it differs.

  •  0 Reply

तपाईको प्रतिक्रिया