चीनले जासुसी गरेको आरोपमा ७८ वर्षीय अमेरिकीलाई आजीवन कारावास सजाय सुनायो

 जेठ १, २०८० सोमबार १४:५६:१३ | एजेन्सी
unn.prixa.net

चीनको अदालतले जासुसी गरेको आरोपमा ७८ वर्षीय एक अमेरिकी नागरिकलाई आजीवन कारावासको सजाय सुनाएको छ । 

अमेरिकी पासपोर्ट धारक जोन शिङ्ग–वान लेउङ्गलाई जेल सजाय तोकिएपछि बेइजिङ र वाशिङ्टनबीचको सम्बन्धलाई थप तनाव उत्पन्न हुने सम्भावना बढेको छ ।

चीनको पूर्वी सहर सुझोउमा रहेको एउटा अदालतले निकालेको विज्ञप्तिमा भनिएको छ, ‘हङकङका स्थायी बासिन्दा लेउङलाई जासुसी गरेको अभियोगमा दोषी ठहर गरिएको छ । उहाँलाई आजीवन कारावासको सजाय सुनाइएको छ र आजीवन राजनीतिक अधिकारबाट वञ्चित गरिएको छ ।

सन् २०२१ को अप्रिलमा सुझोउका अधिकारीहरूले ७८ वर्षीय लेउङविरुद्ध ‘कानुनी कदम चालेका’ विज्ञप्तिमा जनाइएको छ ।

पक्राउ पर्दा लेउङ कहाँ बस्दै आउनुभएको थियो भन्ने स्पष्ट भइसकेको छैन ।

बेइजिङमा रहेको अमेरिकी दूतावासका प्रवक्ताले सुझोउमा भर्खरै एक अमेरिकी नागरिकलाई दोषी ठहर गर्दै सजाय सुनाइएको खबरबारे आफूहरू जानकार रहेको बताउनुभयो । 

विदेश मन्त्रालयका प्रवक्ताले भन्नुभयो, ‘विदेश मन्त्रालयले विदेशमा रहेका अमेरिकी नागरिकको सुरक्षाभन्दा ठूलो प्राथमिकता अरू केही छैन । गोपनीयताको विचारको कारण हामीसँग थप टिप्पणी छैन ।’

अदालतको बयानले आरोपहरूको बारेमा थप विवरण दिएको छैन ।

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनबिनले सोमवार नियमित पत्रकार सम्मेलनमा यस विषयमा थप टिप्पणी गर्न अस्वीकार गर्नुभयो ।

अन्तिम अपडेट: जेठ ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया