चीन जापानलाई पछि पार्दै विश्वमै सबैभन्दा धेरै कार निर्यात गर्ने देश बन्यो

 जेठ ५, २०८० शुक्रबार १७:४८:५२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – चीन जापानलाई पछि पार्दै विश्वकै सबैभन्दा बढी कार निर्यातकर्ता बनेको छ ।

सन् २०२३ को पहिलो तीन महिनामा जापानलाई उछिन्दै चीन विश्वकै धेरै कार निर्यातक देश बनेको हो ।

चीनले सार्वजनिक गरेको तथ्याङ्क अनुसार पहिलो तीन महिनामा चीनबाट १० लाख ७ हजार कार निर्यात भएको बीबीसीले जनाएको छ ।

यो सन् २०२२ को पहिलो ३ महिनाको तुलनामा ५८ प्रतिशतले धेरै हो ।

जापानले सन् २०२३ को पहिलो ३ महिनामा ९ लाख ५४ हजार १ सय ८५ कार निर्यात गरेको छ । यो सङ्ख्या गएको वर्षको तुलनामा ६ प्रतिशतले बढी हो ।

विद्युतीय कारको लोकप्रियता र रुसमा कारको माग बढेको कारण चीनको निर्यात बढेको बीबीसीको खबरमा उल्लेख छ ।

चीन गएको वर्ष जर्मनीलाई पछि पार्दै कार निर्यातमा विश्वको दोस्रो स्थानमा आएको थियो ।

विश्वभर विद्युतीय कारको माग बढेका कारण चीनलाई फाइदा भएको हो ।

चीनले पछिल्लो समय विद्युतीय कार उत्पादनमा ख्याती बढाउँदै गएको बीबीसीले जनाएको छ ।

अन्तिम अपडेट: बैशाख २८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया