चीनले गरिरहेको सैन्य गतिविधिमा जी–सेभेनको चासो : चीनको असन्तुष्टि

 जेठ ७, २०८० आइतबार ६:३७:१२ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

काठमाण्डौ – आर्थिक रूपमा सम्पन्न विश्वका सात प्रमुख देशहरुको समूह जी–सेभेनका नेताहरूले एशिया–प्रशान्त क्षेत्रमा चीनले गरिरहेको सैन्य गतिविधिलाई लिएर चासो व्यक्त गरेका छन् ।

जापानको हिरोसिमामा भएको शिखर सम्मेलनले जारी गरेको विज्ञप्तिमा चीनको आर्थिक र सैन्य गतिविधिबारे चिन्ता व्यक्त गरिएको छ ।

साथै जी–सेभेन देशका नेताहरुले चीनसँग ‘स्थिर र रचनात्मक’ सम्बन्ध रहनुपर्नेमा जोड दिएका छन् ।

चीनलाई हस्तक्षेपकारी गतिविधि नगर्न तथा तिब्बत र सिन्जियाङको सुदूर पश्चिमी क्षेत्रमा कथित मानवअधिकार उल्लङ्घनबारे चिन्ता व्यक्त गरिएको छ ।

सम्मेलनमा आर्थिक लचिलोपनका लागि जोखिम कम गर्न र महत्वपूर्ण आपूर्ति शृङ्खलामा अत्याधिक निर्भरता कम गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ ।

यसैबीच चीनले जी–सेभेन समूहको विज्ञप्तिप्रति असन्तुष्टि व्यक्त गरेको छ ।

चीनको विदेश मन्त्रालयले हिजो बेलुका एक वक्तव्यमार्फत् जी–सेभेनको चीनप्रतिको दृष्टिकोणमा कुनै अन्तर्राष्ट्रिय विश्वसनीयता नभएको टिप्पणी गरिएको समाचार संस्था एएफपीले जनाएको छ ।

जी–सेभेन समूहमा सात प्रमुख विकसित देश क्यानडा, फ्रान्स, जर्मनी, इटली, जापान, बेलायत र अमेरिका रहेका छन् ।

अन्तिम अपडेट: बैशाख ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया