काभा महिला भलिबल च्यालेन्ज कप : नेपालले किर्गिस्तानलाई सोझो सेटमा हरायाे

 जेठ ८, २०८० सोमबार १८:१०:५१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - एनएससी काभा महिला भलिबल च्यालेन्ज कपमा नेपालले कीर्गिस्तानलाई हराएर सुखद सुरुवात गरेको छ ।

राष्ट्रिय खेलकुद परिषद् राखेपको कभर्ड हल त्रिपुरेश्वरमा भएको खेलमा नेपाल ३–० को सोझो सेटमा विजयी भयो । नेपालले पहिलो सेट २५–११ ले,  दोस्रो सेट २५–१९ ले र तेस्रो सेट २५–११ ले जित्यो ।

एसियाको मध्यम स्तरको प्रतियोगिता जित्ने अवसरका रुपमा प्रतियोगितालाई लिइएको छ । आजै भएको पहिलो खेलमा उज्वेकिस्तानले श्रीलङ्कालाई  २७–२५, २५–२० र २५–१४ को सेटमा हरायो ।

यस्तै, दोस्रो खेलमा भारतले बङ्लादेशलाई ३–० को सोझो सेटमा हरायो  । भारतले बङ्लादेशमाथि २५–३, २५–९ र २५–६ को सहज जित निकाल्यो । आजै बेलुका ७ बजे माल्दिभ्स र काजकिस्तानले खेल्नेछन् । प्रतियोगितामा मध्य एसियाका ८ राष्ट्रले प्रतिस्पर्धा गर्दैछन् । समूह 'ए' मा घरेलु टोली नेपालसहित भारत बङ्लादेश र किर्गिस्तान छन् । त्यस्तै, समूह 'बी' मा श्रीलङ्का, माल्दिभ्स, काजकिस्तान र उज्वेकिस्तान रहेका छन् । 

नेपालले भोलि बङ्लादेशसँग र पर्सि १० गते भारतसँग खेल्नेछ । राउन्ड रोबिन लिगपछि शीर्ष २ टोलीले सेमिफाइनलमा पुग्ने छन् । प्रतियोगिता आउँदो १४ गतेसम्म चल्ने छ । नेपालले यसअघि पुरुषतर्फको सेन्ट्रल एसियन जोन भलिबल च्याम्पियनसिपको आयोजना गरेको थियो ।

अन्तिम अपडेट: जेठ २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया