शान्ति प्रक्रिया टुङ्ग्याउने विषयमा चीनको चासो : अग्नि सापकाेटा

 जेठ १९, २०८० शुक्रबार १७:३:४१ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – शान्ति प्रक्रियाको बाँकी रहेका काम टुङ्ग्याउने विषयमा चीन सरकारले चासो देखाएको छ ।

चिनियाँ कम्युनिस्ट पार्टीको मैत्रीपूर्ण निमन्त्रणामा चीन भ्रमण सकेर फर्किएको प्रतिनिधिमण्डलले शुक्रवार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा पत्रकार सम्मेलन गर्दै याे जानकारी दिएकाे हाे । पत्रकार सम्मेलनमा नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष अग्नि सापकोटाले शान्ति प्रक्रियालाई निष्कर्षम पुर्‍याउने कुरामा चीन सरकार आवश्यक सहयोग गर्न तयार रहेको प्रतिबद्धता भ्रमणका क्रममा गरेको बताउनुभयो ।

सापकोटाले  चीन सरकारबाट धेरै कुरा सिक्न बाँकी रहेको पनि बताउनुभयो । उहाँले चीन र नेपाल सम्बन्धलाई मैत्रीपूर्ण बनाउन, सौहाद्र र घनिष्ठ बनाउँदा विश्व राजनीतिमा महत्त्वपूर्ण भूमिका खेल्न सक्ने बताउनुभयो । 

उहाँले भन्नुभयो, ‘विश्व शान्तिका लागि चीनले गरिरहेकाे पहलमा हाम्रो पनि स्वाभाविक रूपमा पहलकदमी हुनुपर्नेछ । शान्ति प्रक्रियालगायतका कुराहरू पनि महत्त्वपूर्ण विषयका रूपमा अघि आएको हुनाले त्यस सम्बन्धमा व्यापक, विस्तृत छलफल भएको छ । दुई देशका बीचमा देखापरेका समस्याका बारेमा छलफल भयो । उहाँहरूले नेपालको शान्ति प्रक्रियाको बारेमा पनि चासो राख्नुभएको थियो । हामीले तपाईँहरूले सहज गर्नुपर्छ भनेका छौँ, उहाँहरूले हामीले शान्ति प्रक्रियालाई टुङ्गोमा पुर्‍याउन जस्तोसुकै सहयोग गर्न पनि तयार छौँ भन्नुभयाे ।’

उपाध्यक्ष सापकोटाले भेटमा नेपाल र चीन नाका सुव्यवस्थित रूपमा सञ्चालन गर्ने कुरामा पनि छलफल भएको बताउनुभयो ।

अन्तिम अपडेट: जेठ २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया