पोखरा विमानस्थलबाट पहिलो अन्तर्राष्ट्रिय उडान चीनको सिचुआन एअरलाइन्सले गर्ने

 असार १, २०८० शुक्रबार १८:१९:२९ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

कास्की – पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट चिनियाँ विमान कम्पनी सिचुआन एअरलाइन्सले पहिलो अन्तर्राष्ट्रिय उडान गर्ने भएको छ । 

नेपाल नागरिक उड्डयन प्राधिकरण र सिचुआन एअरलाइन्सबीच यसका लागि आज शुक्रवार सम्झौता भएको हो । प्राधिकरणका अनुसार सिचुआन एअरलाइन्सले आउँदो असार ६ गते चार्टर्ड उडानका लागि अनुमति पाएको हो । त्यो एअरलाइन्सले चीनको छेन्दुबाट पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा उडान गर्नेछ ।

‘चीनको सिचुआन एअरलाइन्सलाई चीनको छेन्दुबाट पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आउँदो जुन २१ मा चार्टर्ड उडानका लागि अनुमति प्रदान गरिएको छ । एअरलाइन्ससँग उडान नियमितताका लागि छलफल चलिरहेको छ’, प्राधिकरणले भनेको छ ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल गएको पुस १७ गते प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गर्नुभएको थियो । विमानस्थल २२ अर्ब रुपैयाँमा निर्माण भएको हो ।

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया