एसीसी १६ वर्षमुनिको इस्टर्न जोन कपमा आज नेपाल र मलेसिया खेल्दै

 असार १५, २०८० शुक्रबार ६:३१:२७ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : क्यान

काठमाण्डाै - एसीसी १६ वर्षमुनिको इस्टर्न जोन कपमा समूह चरणको अन्तिम खेलमा आज नेपाल र घरेलु टोली मलेसिया खेल्दैछन् । खेल मलेसियाको राजधानी क्वालालम्पुरको बायुमास ओभलमा बिहान सवा ७ बजेदेखि सुरु हुनेछ ।

समूह ‘ए’ को पहिलो खेलमा थाइल्यान्डलाई २ सय २५ रनको फराकिलो अन्तरले हराएको नेपाल सेमिफाइनलमा पुगिसकेको छ । आजको खेल जिते नेपाल समूह विजेता बन्नेछ । मलेसिया पनि पहिलो खेलमा थाइल्यान्डलाई १ सय १८ रनले पराजित गरी सेमिफाइनलमा पुगेको छ ।

समूह ‘ए’ मा नेपाल, थाइल्यान्ड र मलेसिया तथा समूह ‘बी’ मा सिंगापुर, हङकङ, माल्दिभ्स र इन्डोनेसिया रहेका छन् । समूह ‘बी’ बाट सिंगापुर र हङकङबीच आज हुने खेलमा समूह विजेता र उपविजेताको टुङ्गो लाग्नेछ ।

सेमिफाइनल खेलमा समूह ‘ए’ को विजेताले समूह ‘बी’ को उपविजेतासँग र समूह ‘बी’ को विजेताले समूह ‘ए’ को उपविजेतासँग खेल्नेछ । सेमिफाइनलकाे खेल भोलि शनिवार हुनेछन् ।  

अन्तिम अपडेट: जेठ १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया