एसीसी इस्ट जोन कपमा सिङ्गापुरलाई नेपालले दियाे १ सय ८५ रनको लक्ष्य

 असार १८, २०८० सोमबार १०:५१:४ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : क्यान

काठमाण्डाै - एसीसी यू-१६ इस्ट जोन कपको सेमिफाइनलमा नेपालले सिङ्गापुरलाई १ सय ८५ रनको लक्ष्य दिएको छ ।

मलेसियाको बायोमास ओभल क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले निर्धारित ३५ ओभरमा ९ विकेट गुमाउँदै १ सय ८४ रन बनायो । १ सय ८५ रनको लक्ष्य पाएको सिङ्गापुरले केहीबेरमा ब्याटिङ गर्नेछ ।

नेपाल समूह 'ए' को विजेता र सिङ्गापुर समूह 'बी' को उपविजेता बन्दै सेमिफाइनलमा पुगेका हुन् । नेपालले समूह चरणमा थाइल्यान्डलाई २ सय २५ रन र मलेसियालाई ८४ रनले हराएको थियो । त्यस्तै, सिङ्गापुरले इन्डोनेसियालाई १ सय ४ र माल्दिभ्सलाई २ सय ४५ रनले हराएको थियो ।

सिङ्गापुर हङकङसँग भने ७ विकेटले पराजित भएको थियो । फाइनल खेल भोलि हुनेछ ।

अन्तिम अपडेट: जेठ ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया