इस्ट जोन कपको उपाधिका लागि आज नेपाल र मलेसिया खेल्दै

 असार १९, २०८० मंगलबार ६:४१:४३ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : क्यान

काठमाण्डाै - एसीसी १६ वर्षमुनिको इस्ट जोन कप क्रिकेटको उपाधिका लागि आज नेपाल र घरेलु टोली मलेसिया खेल्दैछन् ।

खेल बिहान सवा ७ बजे मलेसियाको बायोमास ओभलमा सुरु हुँदैछ । नेपाल सिङ्गापुरलाई ९७ रनले हराउँदै र मलेसिया हङकङलाई ७८ रनले हराउँदै फाइनल पुगेका हुन् ।

आज मलेसियालाई हराउन सके नेपालले लगातार तेस्रो पटक उपाधि जित्नेछ । समूह चरणमा नेपालले थाइल्यान्डलाई २ सय २५ र मलेसियालाई ८४ रनले हराएको थियो । मलेसियाले थाइल्यान्डलाई १ सय १८ रनले हराएको थियो ।
 

अन्तिम अपडेट: बैशाख २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया