रुकुम पूर्व : मलामी गएका एक व्यक्ति सानीभेरी नदीमा बेपत्ता

 साउन ८, २०८० सोमबार ६:३३:१३ | राजु लामिछाने
unn.prixa.net

साङ्केतिक तस्बिर

रुकुम पूर्व - रुकुम पूर्वमा मलामी गएका एक व्यक्ति सानीभेरी नदीमा बेपत्ता भएका छन् । सिस्ने गाउँपालिका वडा नम्बर ८ धपेका ३८ वर्षीय छविलाल पुन हिजाे आइतवार नदीमा बेपत्ता हुनुभएको हो । 

हिजाे दिउँसो मलामी गएका पुन दाहसंस्कारपछि नुहाउन लाग्दा सानीभेरी नदीमा चिप्लिएर बेपत्ता हुनुभएकाे जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका प्रहरी नायब उपरीक्षक अञ्जना श्रेष्ठले जानकारी दिनुभयो । 

बेपत्ता पुनकाे खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वले जनाएको छ ।

अन्तिम अपडेट: बैशाख १५, २०८१

राजु लामिछाने

राजु लामिछाने रुकुमका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया