रुकुमकाे मुसीकोटमा ओडारबाट सात थान भरुवा बन्दुक बरामद

 साउन १६, २०८० मंगलबार १३:४६:५६ | राजु लामिछाने
unn.prixa.net

रुकुम पश्चिम - रुकुम पश्चिमको मुसीकोट नगरपालिका-७ ग्यामखोलाकाे जङ्गलमा सात वटा भरुवा बन्दुक फेला परेकाे छ । सोमवार हिजाे बेलुका प्रहरीले जङ्गलको बीचमा रहेको ओडारबाट सात थान भरुवा बन्दुक फेला पारेको हो ।

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी निरीक्षक विष्णुप्रसाद श्रेष्ठका अनुसार गोप्य सूचनाका आधारमा बेवारिसे अवस्थामा रहेकाे बन्दुक फेला पारिएको हो । 

फेला पारिएका बन्दुकहरु बरामद गरेर जिल्ला प्रहरी कार्यालयमा ल्याइएको प्रहरी निरीक्षक श्रेष्ठले बताउनुभयो । बन्दुकहरु कसले र किन राखेको हो भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ । 

स्थानीयले सिकार खेल्नका लागि भरुवा बन्दुक प्रयोग गर्ने र ओडारमै लुकाउने गरेको हुनसक्ने आशङ्का गरिएको छ ।
 

अन्तिम अपडेट: बैशाख १५, २०८१

राजु लामिछाने

राजु लामिछाने रुकुमका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया