सोलुखुम्बुको बोल्दो पुलमा खसेकाे पहिराेले बेनी हाइड्रोपावरमा क्षति

 भदौ ३, २०८० आइतबार १३:५५:३० | सुवास दर्नाल
unn.prixa.net

सोलुखुम्बु - साेलुखुम्बुकाे साेलुदूधकुण्ड नगरपालिका-३ बाेल्दाेमा गएकाे पहिराेले बेनी हाइड्राेपावरकाे संरचनामा क्षति पुगेकाे छ । गएराति बाेल्दाे पुल छेउमा गएकाे पहिराेले ११ दशमलव ८ मेगावटकाे बेनी हाइड्राेपावरकाे ट्रान्समिसन लाइनमा क्षति पुर्याएकाे हाे। 

पहिरोले हाइड्रोपावरको ट्रान्समिसन लाइनको एक नम्बर टावर नै क्षतिग्रस्त भएको आयोजनाका (प्लान्ट म्यानेजर) देवदत्त दुवेदीले जानकारी दिनुभयो। उहाँका अनुसार ठूलाठूला ढुङ्गासहितको पहिरोले आयोजनाको अन्य विद्युतीय उपकरणहरुमा समेत क्षति पुगेको छ ।

पहिरोका कारण सल्लेरी–तामाखानी सडक अन्तर्गत बोल्दोमा रहेकाे सोलुखोला माथिको मोटेरेबल पक्की पुलमा समेत क्षति पुगेको छ भने आवतजावत ठप्प भएको छ । सडकको माथिल्लो भागबाट पहाडसहित झरेको पहिरोले पैदल यात्रा गर्न नमिल्ने गरी सडक पूरै अवरुद्ध भएको छ । पुलमा तामाखानीतर्फको भागमा क्षति पुगेको सोलुदूधकुण्ड नगरपालिका-३ का वडाध्यक्ष ल्हाक्पा गेलु शेर्पाले बताउनुभयो ।

पहिरोले सडक अवरुद्ध भएपछि जिल्लाकै प्रसिद्ध धार्मिकस्थल तामाखानी लोदिङमा रहेकाे ज्वालामाई मन्दिर जाने मुख्य मार्ग बन्द भएको छ । पुजारी वीरबहादुर मगरले मन्दिर जान फाप्लु, खोलाघारी हुँदै तामाखानी जोडिएको सडक  प्रयोग गर्न आग्रह गर्नुभएकाे छ । 

अन्तिम अपडेट: बैशाख १५, २०८१

सुवास दर्नाल

उज्यालोका सोलुखुम्बु सहकर्मी सुवास दर्नाल हिमाल एफएममा पनि कार्यरत हुनुहुन्छ । 

1 Comments

  • Rajkumar shrestha

    Aug. 21, 2023, 10:04 a.m.

    19.8 मेगावाट को बेनी हाइड्रो हो 11.8 भनि समाचार प्रशारण भएछ

  •  0 Reply

तपाईको प्रतिक्रिया