१९ वर्षमुनिको साफ च्याम्पियनसिप फुटबलमा नेपालले आज पाकिस्तानसँग खेल्दै

 असोज ४, २०८० बिहिबार ६:४९:५९ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : एन्फा

काठमाण्डाै - १९ वर्षमुनिको साफ च्याम्पियनसिप फुटबलमा नेपालले आज पाकिस्तानसँग खेल्दैछ । नेपालले आफ्नो पहिलो खेलमा बेलुका साढे ५ बजे पाकिस्तानसँग खेल्न लागेको हो । यो खेल दशरथ रङ्गशालामा हुनेछ ।

नेपालले यो खेलका लागि २३ सदस्यीय टोली घोषणा गरेको छ । नेपाल रहेको समूह ‘ए’ मा माल्दिभ्स र पाकिस्तान छन् । त्यस्तै, समूह ‘बी’ मा भारत, भुटान र बङ्लादेश छन् । नेपालले पहिलो संस्करण सन् २०१५ मा भारतलाई हराउँदै उपाधि जितेको थियो ।

त्यस्तै,  सन् २०१७ मा पनि उपाधि जितेको थियो । आज हुने अर्को खेलमा साविक विजेता भारत र बङ्लादेशबीच दशरथ रङ्गशालामा दिउँसो साढे १ बजे खेल हुनेछ । भारतले सन् २०१९ र २०२२ मा उपाधि जितेको थियो ।

अन्तिम अपडेट: जेठ १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया