चिनियाँ विदेशमन्त्री वाङ यीले याे हप्ता अमेरिकाको भ्रमण गर्ने

 कात्तिक ८, २०८० बुधबार ६:५४:५३ | एजेन्सी
unn.prixa.net

चीनका विदेशमन्त्री वाङ यी यसै हप्ता अमेरिकाको भ्रमणमा जाने हुनुभएकाे छ । उहाँको भ्रमण आउँदो महिना क्यालिफोर्नियामा अमेरिकी राष्ट्रपति जो बाइडेन र उहाँका चिनियाँ समकक्षी सी जिनपिङबीच हुन लागेको सम्भावित बैठकभन्दा अघि हुन लागेको हो ।

विदेशमन्त्री यीको तीन दिने भ्रमणमा अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्केन र राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको सीएनएनले जनाएको छ । तर उहाँले राष्ट्रपति बाइडेनलाई भेट्नुहुन्छ वा हुन्न भन्नेबारे खुलेको छैन । यसअघि अमेरिकी विदेशमन्त्री ब्लिङ्केनले बेइजिङमा चिनियाँ राष्ट्रपति सीसँग भेटवार्ता गर्नुभएको थियो ।

अमेरिका र चीनबीच तनाव बढिरहेको अवस्थामा बाइडेन प्रशासनले बेइजिङसँग वार्ताका लागि दबाब दिने प्रयास गरिरहेको छ । इजरायल र हमास समूहबीच युद्ध भइरहेको बेला अमेरिकाले इजरायललाई आफ्नो समर्थन रहेको प्रतिबद्धता व्यक्त गरेको अवस्थामा चिनियाँ विदेशमन्त्रीको अमेरिका भ्रमण हुन लागेको हो ।

यसका साथै ‘दक्षिण र पूर्वी चीन सागर, क्रस–स्ट्रेट मुद्दा, मध्यपूर्व, युक्रेनमा रुसको युद्धलगायतका मुद्दामा अमेरिकी अधिकारीहरूले चिनियाँ विदेशमन्त्री वाङ यीसँग छलफल गर्ने अपेक्षा गरिएको छ । 

अन्तिम अपडेट: जेठ ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया