चीनकाे राजधानी बेइजिङमा उच्च वायु प्रदूषण नियन्त्रणका लागि चेतावनी जारी

 कात्तिक १३, २०८० सोमबार २०:६:३ | एजेन्सी
unn.prixa.net

फाइल तस्बिर

चीनको राजधानी बेइजिङमा उच्च वायु प्रदूषण नियन्त्रणका लागि चेतावनी जारी भएको छ । बेइजिङको चेतावनी प्रणालीमा दोस्रो ठूलो 'अरेन्ज अलर्ट', शहरमा लगातार दुई दिनसम्म गम्भीर वा लगातार मध्यम वायु प्रदूषण हुँदा जारी गरिन्छ ।

भोलि मङ्गलवारदेखि बिहीवारसम्म आपत्कालीन उपायहरूको शृङ्खला लागू गरिने बेइजिङ महानगरको पर्यावरण र वातावरण ब्युरोलाई उद्धृत गर्दै चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ । जसअन्तर्गत धेरै प्रदूषण फैलाउने गाडीमाथि अनिवार्य यातायात प्रतिबन्ध लाग्ने छ ।

ब्युरोले बालबालिका, वृद्ध, हृदय वा दीर्घ स्वास्थ्य समस्याबाट पीडित मानिसलाई घरभित्रै बस्न र अरू मानिसलाई बाहिरी गतिविधि कम गर्न सल्लाह दिएको छ । ब्युरोले प्रतिकूल मौसमका कारणले बेइजिङ र छिमेकी क्षेत्रमा धुँवा देखिएको बताएको छ ।

मौसम पूर्वानुमानअनुसार बेइजिङमा वायु प्रदूषणको अहिलेको अवस्था शुक्रवार सकिने अनुमान छ । विश्वका शहरहरूमध्ये सबैभन्दा धेरै वायु प्रदूषण भएको शहरको सूचीमा बेइजिङ तेस्रो स्थानमा छ । पहिलो नम्बरमा पाकिस्तानको लाहोर र दोस्रोमा इराकको बग्दाद रहेका छन् ।

अन्तिम अपडेट: जेठ १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया