रुकुम पश्चिममा बसको ठक्करबाट एक जनाको ज्यान गयो, दुई जना घाइते

 मंसिर ९, २०८० शनिबार १०:३९:४४ | राजु लामिछाने
unn.prixa.net

रुकुम पश्चिम - रुकुम पश्चिमकाे आठबिसकाेटमा रात्रि बसको ठक्करबाट एक जनाको ज्यान गएको छ । दुई जना घाइते भएका छन् । 

आठबिसकोट नगरपालिका वडा नम्बर ११ को चिसापानीमा शुक्रवार बेलुका ना ३ ख ५२०७ नम्बरकाे रात्रि बसले ठक्कर दिँदा ३८ वर्षीय गणेश परियारको ज्यान गएकाे हाे । 

परियारकाे घटनास्थलमै ज्यान गएकाे आठबिसकोट नगरपालिकाका मेयर रवि केसीले जानकारी दिनुभयो । 

घाइते हुनेहरुमा आठबिसकोट नगरपालिका–१४ ज्यामिरकोटका १९ वर्षीया भावना चन्द र २० वर्षीय राजेन्द्र पोखरेल रहनुभएको छ । घाइते दुवै जनाकाे आठबिसकोट राडीमा रहेकाे नगर अस्पतालमा उपचार भइरहेकाे छ । 

अन्तिम अपडेट: बैशाख १५, २०८१

राजु लामिछाने

राजु लामिछाने रुकुमका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया